रौतहट, १७ साउन । गरुडा नगरपालिका–९ रघुनाथपुर बस्ने होशनारायण यादवको खेतमा जडान गरी राखेको पानी तान्ने पम्पीसेट चोरी गरेको अभियोगमा २ जनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा गढीमाई नगरपालिका–२ हथियोल बस्ने २७ वर्षीय सिद्विलाल साह र ३५ वर्षीय दिपेश पासवान रहेका छन् ।
मंगलबार राति उक्त पानी तान्ने पम्पीसेट चोरी भएको खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट नरकटियाबाट खटिएको प्रहरीले अनुसन्धान गर्ने क्रममा उनीहरूले प्रदेश २–०३–००१ ह९४९ नम्बरको अटोमा लगि सर्लाही गोडैता नगरपालिका–८ स्थित कवाडी पसलमा बेच्न लागेको अवस्थामा प्रहरी चौकी गोडैता सर्लाहीसँग समन्वयमा पम्पीसेटसहित उनीहरूलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया