मधेशलाई सुख्खा क्षेत्र घोषणा माग गर्दै जनमतद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

समाचार

काठमाडौँ, २० साउन । डा.सीके राउत नेतृत्वको जनमत पार्टीले मधेशलाई सुख्खा क्षेत्र घोषणा माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई ज्ञापनपत्र बुझाएको छ ।

शनिबार जनमत पार्टीका उपाध्यक्ष एवं पूर्वमन्त्री अब्दुल खान र महासचिव एवं मधेश प्रदेशका मन्त्री चन्दन सिंहले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

मधेशलाई सुख्खा क्षेत्र घोषणा गरी सुकेका बालीनालीको उचित क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेका छन् ।

जनमतले खडेरीलगायत प्राकृतिक प्रकोपको दिगो नियन्त्रणका योजना बनाएर सार्वजनिक गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

वीरगञ्जलगायत सुख्खा क्षेत्रका जनतालाई घरघरमा खानेपानीको व्यवस्था गर्न, सिँचाइका लागि प्रयोग गरिएको बिजुली निःशुल्क गर्न र पानीको अभावले बिरामी परेका नागरिकको निःशुल्क उपचारको व्यवस्था गर्न माग गरिएको हो ।

यस वर्ष तराई–मधेशमा अन्यन्त न्यून वर्षा भएर खडेरी परेको छ । भूमिगत जलाधार स्रोतसमेत सुकेकाले मधेशका जिल्लामा सिँचाइको अभावका हुनुका साथै खानेपानीकोसमेत हाहाकार मच्चिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ