‘हरियो वन नेपालको धन’ नारालाई पूरा गर्न नवीन ढङ्गले काम गर्नुपर्छ : वनमन्त्री डा.महतो

समाचार

काठमाडौं, २१ साउन । वन तथा वातावरणमन्त्री डा वीरेन्द्रप्रसाद महतोले ‘हरियो वन नेपालको धन’ भन्ने नारालाई पूरा गर्न नवीन ढंगले काम गर्नुपर्ने बताएका छन् ।

राउण्ड टेवल नेपालले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले वनलाई नेपालको समृद्धिमा योगदान पु¥याउने माध्यमका रूपमा अघि बढाइने बताएका हुन् ।

नेपालको कुल भूभागको ४५ प्रतिशत क्षेत्र ओगटेको वनले अब समृद्धिमा योगदान पु¥याउने गरी काम गर्नुपर्नेमा उनको जोड थियो ।

मन्त्री महतोले संस्थाले हरियाली देश बनाउन गरेको योगदानका लागि प्रशंसा गरे । साथै उनले परा–पर्यावरणका लागि तीन वटै तहका सरकारले जिम्मेवारी बोधका साथ काम गर्नुपर्ने बताए ।

मन्त्री महतोले सरकारका तीनै तहका निकाय र सरोकारवालाबीच समन्वय भइ वन जोगाउने र देशको समृद्धिमा यसको योगदान बढाउन भूमिका निर्वाह गरिने बताए ।

सो क्रममा मन्त्री महतोले हरेक व्यक्तिको जन्मदिनलाई सम्झनलायक बनाउनका लागि स्थानीय तहसँगको समन्वयमा ‘बर्थ–डे पार्क’ बनाउन सकिने अवधारणा सुनाए । उनले भन्नुभयो, ‘वृक्षरोपणसँगै यसको संरक्षण पनि ठूलो कुरा हो । यतातर्फ हाम्रो ध्यान जान जरुरी छ ।’

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ