ब्राउनसुगरसहित दुई जना पक्राउ

समाचार

बाँके, २३ साउन । नेपालगंज उपमहानगरपालिका–१६ चौलिका चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ करिब २२ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार साँझ पक्राउ पर्नेहरूमा सोही उपमहानगरपालिका–१४ बस्ने २१ वर्षीय प्रमोद गिरी र ४३ वर्षीय कलामुदिन शेख रहेका छन् ।

लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको भे.४ प २१४३ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई चालकले हेलमेटभित्र लुकाई ल्याएको उक्त पदार्थसहित पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ