कोशी प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश सर्वसम्मतले पारित

समाचार

विराटनगर, १ भाद्र । कोशी प्रदेशसभाले ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ सर्वसम्मतिले पारित गरेको छ ।

प्रदेशसभा नियमावली, २०७४ (पहिलो संशोधन समेत) को नियम ८१ को उपनियम (१) बमोजिम ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको अध्यादेश’ र ‘आर्थिक वर्ष २०८०÷८१ को सेवा र कार्यका लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ पारित गर्नका लागि आर्थिक मामिला तथा योजना मन्त्री बाबुराम गौतमले प्रस्ताव गरेका थिए ।

उपसभामुख सिर्जना दनुवारले निर्णयार्थ प्रस्ताव पेश गर्दा आजको बैठकमा सहभागी पक्ष र प्रतिपक्षका सदस्यले सर्वसम्मत पारित गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ