कपी उद्योगमा आगलागी हुँदा १० लाखको क्षति

समाचार

मोरङ, २ भाद्र । विराटनगर महानगरपालिका–९ बाटा रोडस्थित कपी उद्योगमा आगलागी हुँदा १० लाखभन्दा बढीको क्षति भएको छ ।

सोही ठाउँ बस्ने ओम प्रकाश राठीको ओमकपी उद्योगमा विद्युत सर्ट भई शनिबार बिहान आगलागी भएको थियो ।

आगलागी हुँदा उद्योगमा रहेको तयारी कपी, कपी बनाउने मेसिन, कपि बनाउने मेटेरियलहरू जलेर करिब १० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ