मधेशका अर्थमन्त्रीद्वारा शुभकामना व्यक्त

समाचार

जनकपुरधाम, १ असोज । मधेश प्रदेश अर्थमन्त्री एवं मधेश सरकारका प्रवक्ता संजय कुमार यादवले नेपालीहरुको महान पर्व(व्रत) हरितालिका तीज, विश्वकर्मा पूजा, गणेश चतुर्थी, चौरचन/चौठी चाँद व्रतको पावन अवसरमा सम्पूर्ण नेपालीहरूमा पारिवारिक सुख, शान्ति र समृद्धिका लागि हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

भाद्र शुक्लपक्ष तृतीयाका दिन पर्ने यस पर्वमा महिलाहरूले भगवान् शिव–पार्वतीको पूजा आराधना गर्दै आफ्नो सौभाग्य परिवारको सुखद सु–स्वास्थ्य र दीर्घायुको कामना सहित उपवास बस्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ । जसकारण नै नेपाली महिलाहरुले हरितालिका तीजलाई एक सनातन सांस्कृतिक पर्वको रूपमा मनाउँदै आएका छन् ।

साथै, फलामसँग प्रत्यक्ष जीवन पद्धती जोडिएकाहरुले आज फलामबाट निर्माण भएका सामग्रीहरुको विधिवत पूजाआर्जा गरी विश्वकर्मा पूजा समेत मनाउदैँ छन् । विश्वकर्मा हस्तकला, शिल्पकार, हतियारविज्ञका रुपमा कला अनि हजारौं वस्तुगत रचनाका प्रेरणा हुन ।

मानव जीवनका हरेक यन्त्र तथा यान्त्रीक उपलब्धि हामीलाई सधैं फापोस अनि दूर्घटनाबाट सुरक्षा मिलोस् भन्दै मन्त्री यादवले विश्वकर्मा पूजाको शुभकामना दिएका छन् ।

त्यस्तंै, गणेश चतुर्थी÷चौठचन्द्र÷चौठी चाँन्द अर्थात् भगवान् श्री गणेशको जन्मदिन । हिजो तृतीया तिथि अर्थात् तिज अनि आज भाद्र शुक्ल चतुर्थी अर्थात् मंगलमुर्तिको जन्मदिन । आजको दिनलाई विनायक चतुर्थी पनि भन्दछन् । हरेक शुभ कार्य, कर्मकाण्डी प्रक्रिया, पूजाआजा या नवीन चिन्तन सुरुवात गर्नुभन्दा अगाडि गणेशको नाम लिएर अथवा लेख्दा गजानन्द श्री गणेशको नाम सर्वदा अगाडी आउँदछ । यसै कारण पनि सनातन हिन्दूधर्मावलम्विहरू बिच एउटा चर्चित भनाई नै छ, “शुभ कार्यको श्री गणेश गर्ने“ । त्यस्तै, आजको दिन ‘चन्द्र माँ’ को अर्घ दिई तराई÷मधेशमा चौरचन पर्व मनाउने गरिन्छ ।

‘यस्ता, सांस्कृतिक पर्वहरूले सबै नेपालीहरूको बीचमा विविधतामा एकता, धार्मिक सहिष्णुता तथा सामाजिक सद्भाव कायम गर्न सहयोग पु¥याइ रहनेछ, भन्ने मेरो विश्वास रहेको छ । पर्व र त्यौहारले विद्यमान लैंगिक विभेद जातीय विभेद लगायत सबै प्रकारका असमानताहरूको अन्त्य गर्दै समतामूलक प्रगतिशील समाजको निर्माणतर्फ अग्रसर हुन उत्प्रेरित गर्न सकोस् भन्ने शुभेच्छा सहित हार्दिक मगंलमय शुभकामना ।’ मन्त्री यादवले शुभकामना सन्देशमा भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ