‘व्यवसायीलाई विस्थापित हुनबाट जोगाउन तिनै तहका सरकारको सहयोग अवश्यक’

समाचार

इमरान खान, कपिलवस्तु, ५ असोज । कोभिड कहरपछि अर्थतन्त्र थला परिरहेको र त्यसको प्रत्यक्ष असर व्यवसाय माथी परिरहेको अवस्थामा अर्थतन्त्र चलायमान बनाउन र ब्याबसायिलाइ बिस्थापित हुनबाट जोगाउन तिनै तहका सरकारको सहयोग अवश्यक रहेको करदाता सेवा केन्द्र तौलिहवाका कर अधिकृत (प्रमुख) सुरेश बरालीले बताएका छन् ।

अर्थतन्त्रको मेरुदण्डको रुपमा रहेको व्यवसायिक क्षेत्र र कर कार्यालय बिच सुमधुर सम्बन्ध हुनुपर्ने बताउँदै उनले भने, ‘व्यवसायीहरु आफ्नो मर्यादा भित्र रहेर कारोबार गरेको अबस्थामा आफुले अनावश्यक झन्झटको अवस्था आउन नदिन म प्रतिबद्ध छु । हामी नयाँ युवा नयाँ सोचका साथ काम गर्छौ, जरिवाना तिराएर होइन करको दायरामा ल्याएर उचित कर लगाउनुपर्छ भन्ने मान्यता छ मेरो । हामी सबै उद्योगी व्यवसायीसँग मित्रवत सम्बन्ध राख्दै सहजीकरण गर्न चाहन्छौ ।’

नेपाल उद्योग ब्यापार महासंघका केन्द्रीय महासचिव खेमनारायण पराजुलीले अहिलेको अवस्थाको बारेमा ध्यानाकर्षण गराउँदै भने, उद्योगी, व्यवसायी र कर कार्यलय बिच नङ्ग र मासुको सम्बन्ध हुनुपर्नेमा बाघ र बाख्राको जस्तो देखिनु बिडम्बना भएको बताए ।

उद्योग ब्यापार संघ कपिलवस्तुका अध्यक्ष खिमानन्द पौडेलले करदाता सेवा कार्यालय तौलिहवामा कर प्रमुखको जिम्मेवारीमा भर्खरै आएका कर अधिकृत सुरेस बरालीलाई स्वागत गरे ।

उक्त स्वागत तथा सम्मान कार्यक्रममा उद्योग ब्यापार संघ, कपिलवस्तुका संरक्षक टोपनारायण बेल्बासे, निवर्तमान अध्यक्ष हुमनाथ पौडेल लगायत सस्थासँग आबद्ध पदाधिकारी एवम सदस्यहरुको उपस्थिति रहेको कार्यक्रमको संचालन संघका महासचिव बासुदेव खनालले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ