मधेश प्रदेशको अधिवेशन उद्घाटन ओलीले गर्ने

समाचार

जनकपुरधाम, ११ असोज । नेकपा (एमाले)को मधेश प्रदेशको अधिवेशन असोज २४ गतेदेखि जनकपुरधाममा हुन लागेको छ ।

सो अधिवेशनका लागि विभिन्न समिति र उपसमितिहरू बनाएर तयारी तीव्र पारिएको छ । अधिवेशनका लागि १५० स्वयंसेवक र ५० जना पर्यवेक्षक खटाइने तयारी भइरहेको छ ।

प्रदेश अध्यक्ष यादवको संयोजकत्वमा प्रतिनिधि छनोट तथा व्यवस्थापन समिति गठन गरिएको छ भने प्रदेश उपाध्यक्ष रेवती पन्तको संयोजकत्वमा जनपरिचालन समिति गठन गरिएको बताइएको छ ।

कमल किशोर चौधरीको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, शिवशंकर साहको संयोजकत्वमा भोजन व्यवस्थापन समिति, मोहम्मद कायस्थको संयोजकत्वमा आवास व्यवस्थापन समिति गठन गरिएको हो ।

जनकपुरधामको महेन्द्रनारायण निधि प्रतिष्ठानमा हुने अधिवेशनको उद्घाटन एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको बताइएको छ ।

उनले असोज २४ गतेदेखि २६ गतेसम्म हुने सो अधिवेशनका लागि प्रतिनिधिको पनि अन्तिम रूप दिने काम भइरहेको बताए । मधेश प्रदेशका आठ वटै जिल्लामा रहेको करिब ६० हजार सक्रिय सदस्य मध्येबाट एक हजार अधिवेशन प्रतिनिधि छनोट गरिने छ ।

असोज १३ गते मधेश प्रदेशको १३६ वटै पालिकामा मनोनयन दर्ताको कार्यक्रम राखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ