महिला कैदीबन्दीहरुलाई सेनेटरी प्याड वितरण

समाचार

राजविराज । सप्तरी जिल्ला कारागार राजविराजका महिला कैदीबन्दीहरुलाई सेनेटरी प्याड वितरण गरिएको छ ।

शुक्रबार लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तरगत १४औंं दिन तथा ५औं अन्तर्राष्ट्रिय महिनावारि दिवसको अवसरमा शुक्रवार लैंगिक हिंसा नियन्त्रण जिल्ला सञ्जाल सप्तरीले महिला कैदीबन्दीहरुलाई सेनेटरी प्याड वितरण गरेको हो ।

महिला सचेतना समाजकी अध्यक्ष सुनिता साहको अगुवाइमा राजविराज नगरपालिकाको कार्यवाहक. नगरप्रमुख इसरत परबिनको प्रमुख अतिथिमा सेनेटरी प्याड वितरण गरिएको थियो ।

सेनेटरी प्याड वितरणका साथै कारागारभित्र महिला कैदीबन्दीहरुको अवस्थाबारे पनि जानकारी लिएको समाजकी अध्यक्ष साहले बताइन् ।

सो कार्यक्रममा महिला सचेतना समाज, सामुदायिक सेवा केन्द्र, पारालिगल, नारी उत्थान, महिला सुरक्षा समूह, आसमान नेपाल, ओ.सि.एम.सि.ले सहयोगी भूमिका खेलेको थियो ।

 
 
 
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ