काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् ।
आइतबारदेखि काठमाडौंस्थित अनुपम फुड ल्याण्डमा लोसपाको केन्द्रीय समिति बैठक सुरु भएको छ ।
महतोसहित उनी निकट नेताहरुले केन्द्रीय समिति बैठक बहिष्कार गरेका छन् । महतोले अध्यक्ष महन्थ ठाकुरको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै बैठक बहिष्कार गरेका हुन् ।
अध्यक्ष ठाकुरले वर्षौंदेखि मधेशवाद र पार्टीमा खटेका नेता कार्यकर्तालाई समेट्न नसकेको भन्दै वरिष्ठ नेता महतोले बैठक बहिष्कार गरेका हुन् । उनले अध्यक्ष ठाकुरमाथि मनोमानी गरेको आरोप लगाएका हुन् ।
केन्द्रीय समिति विस्तारप्रति वरिष्ठ नेता महतो असन्तुष्टी प्रकट गरेका थिए ।
तपाईको प्रतिक्रिया