सप्तरी । ७५औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शहीद परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरिएको छ ।
तराई–मधेश महिला फाउण्डेशन नेपालले आइतबार राजविराज नगरपालिका–९ स्थित मलेठका शहीद विरेन्द्र महतोका परिवारलाई खाद्यान्न र शैक्षिक सामग्री प्रदान गरेको हो ।
फाउण्डेशनकी अध्यक्ष सुनिता साहले उनको घरमै पुगेर महतोकी श्रीमति रंजनादेवी महतोलाई एक बोरा चामल प्रदान गरेकी छन् भने उनका बालबालिकाका लागि चार दर्जन कपी, पेन्सिल, कटर, रेजर, बिस्कुट सहितका सामग्री प्रदान गरेकी छन् ।
तपाईको प्रतिक्रिया