नेपालमा लगानी गर्न लोविसंघका महासचिवको आग्रह

समाचार

काठमाडौं । लोकतान्त्रिक विद्यार्थी संघका केन्द्रीय महासचिव समर साहले नेपालमा लगानी गर्न भारतीय जनता पार्टीका नेतासमक्ष आग्रह गरेका छन् ।

भारत भ्रमणमा रहेका लोविसंघका महासचिव साहले सोमबार भाजपाका विदेश विभागका अश्विन जोर समक्ष आग्रह गरेका हुन् ।

भाजपाको केन्द्रीय कार्यलयमा विदेश बिभागले आयोजना गरेको अन्तरकृयामा बिदेश बिभागका जोर समक्ष संघको तर्फबाट साहले उद्योग, कलकारखानामा नेपाललाई सहयोग तथा लगानी गर्न आग्रह गरे ।

यस्तै, कृषि, शिक्षा, खाद्य उत्पादन लगायत खाद्य आपूर्ति, हाइड्रोपावर लगायत नेपाल–भारतको सीमा समस्या तथा मधेश प्रदेशको पुर्वाधार, उद्योग, पर्यटन क्षेत्र विकास लगायतमा लगानी गर्न साहले आग्रह गरेका हुन् ।

त्यसैगरी, महसचिव साहले नेपालका विश्वविद्यालय र भारतका विश्वविधालयका विद्यार्थीहरु बिच अझ सम्बन्ध कसरी राम्रो हुने भन्ने कुरा राखेका थिए ।

 
May be an image of 11 people and text that says 'सेवा, सुशासन औरगरीब कल्याण साल 75~ आज़ादीका अमृत महोत्सव BHARATIYA JANATA PARTY ELCC ELCOSIESY RASEO'
 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ