काठमाडौं । विश्व हिन्दी दिवसको अवसरमा काठमाडौंस्थित भारतीय दूतावासले हिन्दी भाषा अभियानी तथा संस्थापक मधेशवादी नेता रमण पाण्डेयलाई सम्मान गरेको छ ।
विश्व हिन्दी दिवसको अवसरमा बुधबार दूतावासमा आयोजित एक विशेष समारोहका बीच हिन्दी भाषा अभियानी पाण्डेयसहित साहित्यकार रामदयाल राकेश र प्रेस स्वतन्त्रता सेनानी स्व.राजेश्वर नेपालीलाई मरणोपरान्त सम्मान गरेको हो ।
हिन्दी भाषा र साहित्यको क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै दूतावासले पाण्डेयसहित तीनै जनालाई सम्मान गरेको जनाएको छ ।
हिन्दी भाषा अभियानी पाण्डेय २४ जनवरी १९९० देखि नै हिन्दी भाषा मात्र बोल्ने एक मात्र नेपाली अभियन्ता हुन् ।
तपाईको प्रतिक्रिया