मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

समाचार

पर्सा । पोखरीया नगरपालिका–१० शिवबर्वा बस्ने ४५ वर्षीय पन्नालाल साहको मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । 

सखुवा प्रसौनी गाउँपालिका–५ पटनिस्थित बाटोमा ना.१० प १५१८ नम्बरको मोटरसाइकल शनिबार राति अनियन्त्रित भई पुलको पोलमा ठोक्किएर दुर्घटना हुँदा गम्भीर घाइते भएका उनको स्थानीय मेडिकल हुँदै थप उपचारको लागि पोखरीया अस्पतालतर्फ लैजाने क्रममा बाटोमै  मृत्यु भएको हो । 

मोटरसाइकलमा पन्नालालसहित ३ जना सवार रहेको र अन्य २ जना फरार रहेको बुझिएको छ । 

हाल फरार व्यक्तिहरूको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ