आज मधेशका लागि ऐतिहासिक दिन : अर्थमन्त्री यादव

समाचार

जनकपुरधाम । मधेश प्रदेशका अर्थमन्त्री एवं जनता समाजवादी पार्टी नेपालका नेता संजयकुमार यादवले आजको दिन मधेशका लागि ऐतिहासिक दिन रहेको बताएका छन् ।

लामो, सघंर्ष र बलिदानीबाट प्राप्त भएको संघीयतालाई संस्थागत गर्दै मधेश प्रदेशले आजकै दिन मिति २०७८ माघ ३ गते ‘मधेश प्रदेश’ नामाकरण गरिएको थियो ।

अर्थमन्त्री यादवले भनेका छन्, ‘प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सहयोग र साथ दिनुभएका सम्पूर्णमा हार्दिक कृतज्ञता व्यक्त गर्दै शुभकामना पनि व्यक्ति गर्दैछु ।’

‘साथै, यसका लागि आफ्नो ज्यानको आहुती दिनुहुने सम्पूर्ण ज्ञात र अज्ञात वीर शहिदहप्रति पनि नमन व्यक्त गर्दछु ।’ अर्थमन्त्रीले भनेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ