जसपाले मनायो मधेश स्वाभिमान दिवस

समाचार

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले मधेस स्वाभिमान दिवस मनाएको छ ।

माघ ३ गते मधेश प्रदेश नामकरण तथा स्थायी राजधानी घोषणा भएको ऐतिहासिक दिनको सम्झनामा उक्त दिनलाई दिवसको रुपमा मनाउन सुरु गरिएको हो ।

बुधबार मधेश प्रदेश सरकारले आयोजना गरेको मधेश स्वाभिमान दिवसमा जसपाका अध्यक्ष उपेन्द्र यादव प्रमुख अतिथि रहेका थिए ।

जसपाले केन्द्रीय कार्यालय बालकुमारीमा एक कार्यक्रमको आयोजना गरी मधेश स्वाभिमान दिवस मनायो ।

त्यस्तै विभिन्न जिल्लाहरुमा दिपप्रज्वलन गरी उक्त दिवस मनाइयो ।

जसपाको गत पुस २७ मा सम्पन्न केन्द्रीय समितिको बैठकले मधेश दिवस मनाउने निर्णय गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ