अयोध्यामा श्रीराम मन्दिर उद्घाटनको दिन उत्सव मनाऔं : नेपाल जनता पार्टी

समाचार

काठमाडौं । नेपाल जनता पार्टीले अयोध्यामा निर्माण भएको श्रीराम मन्दिरको पावन दिन उत्सव मनाउन हिन्दू समाजलाई आग्रह गरेकों छ।

पाँच सय वर्षको संघर्ष र हजारौ हजारको बलिदानीबाट अवसर प्राप्त भएको हो । सनातन धर्म माननेहरुका लागि माघ ८ गते २२ जनवरी ऐतिहासिक दिन हो । अयोध्यामा निर्माण भगवान श्रीरामजीको मन्दिर विश्वभरिका हिन्दूहरुको प्रमुख आस्था केन्द्र हो ।

नेपाल जनता पार्टी केन्द्रीय कार्य सम्पादन समितिको पुस २६, २७ र २८ गते काठमाडौं अनामनगरमा बसेको बैठकले माघ ८ गते घर–घर दीपावली, पूजापाठ र हरेक मन्दिरमा भव्य पूजापाठ गर्न पार्टीको केन्द्रीय समिति, वर्गीय मंच, प्रदेश समिति, जिल्ला समिति, नगर समिति, वडा समितिका नेता कार्यकर्तालाई निर्देशन गरेको छ ।

साथै अयोध्या श्रीराम मन्दिर उद्घाटनको पावन दिन माघ ८ गते देशभरि हिन्दू समाज, धार्मिक संघ–संस्था, विभिन्न समूहले गर्ने कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने समेत पार्टीका नेतागणलाई निर्देशनातमक अनुरोध गरेको छ।

नेपाल जनता पार्टीका केन्द्रीय अध्यक्ष त्रिभुवननाथ पाठकको सभापतित्वमा सम्पन्न बैठकमा वरिष्ठ नेता संतोषानन्द महाराज, वरिष्ठ उपाध्यक्ष खेमनाथ आचार्य, उपाध्यक्षहरु ओमप्रकाश जैसवाल, धीरेन्द्र झा मैथिल, बिरेन्द्र कलवार, महामंत्रीहरु राजनन्दन चौधरी, नारायण सापकोटा, दीपेन्द्र चौधरी, मंत्री जयनाथ यादव, सह–कोषाध्यक्ष सुनील ढकाल, महिला नेतृ पिंकी महासेठ, युवा विभाग प्रमुख होम दहाल, प्रचार प्रसार विभाग प्रमुख दिलीप तामांग सहित सहभागी रहेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ