श्रीराम मन्दिर उद्घाटनको दिन नेपाल जनता पार्टीको कार्यालय उद्घाटन हुने

समाचार

वीरगंज । नेपाल जनता पार्टी पर्सा जिल्ला समीतिको सम्पर्क कार्यालय श्रीराम मन्दिर अयोध्या उद्घाटनको पावन दिन माघ ८ गते २२ जनवरी हुने भएको छ ।

विश्वभरिका हिन्दूहरुका लागि श्रीराम मन्दिर प्रमुख आस्था केन्द्र हो । गोपाल मण्डली वीरगंजमा नेपाल जनता पार्टी जिल्ला समिति पर्साको बैठकले निर्णय गरेको हो ।

पर्सा जिल्ला अध्यक्ष अनिल कुर्मीको सभापतित्वमा भएको बैठकमा पार्टीका केन्द्रीय वरिष्ठ नेता एवम वार्ता समिति संयोजक संतोषानन्द महाराज, केन्द्रीय सदस्यहरु बिनोद कुर्मी, पिया सिंह, सुरेश साह कानू, मधेश प्रदेश समितिका पारस दुबेदी, रामप्रसाद कुर्मी, विभा साह, मनोज गुप्ता, पर्सा जिल्ला उपाध्यक्षहरु धीरज साह, सचितानंद गिरी, महामंत्री नवीन मिश्रा, मंत्री आनन्द सिंह, कार्य समिति सदस्यहरु संतोष कुशवाहा, मनोज सराफ, विनय सिंह, ओमप्रकाश पटेल, रणवीर सोनी, पियूष गुप्ता, सुमन्त कुमार दीप, नंदू रौनीयर,प्रमोद शर्मा, विजय कुर्मी, संदीप पटेल, विद्यानन्द पटेल, नीतू देवी, सपना सिंह, अमित श्रीवास्तव, वरिष्ठ सल्लहकार सोहर बाबा, भगत सहितको उपस्थिति रहेको थियो ।

पाँच सय वर्षको संघर्ष र हजारौ हजारको बलिदानीबाट अवसर प्राप्त भएको हो । सनातन धर्म मान्नेहरुका लागि माघ ८ गते २२ जनवरी ऐतिहासिक दिन हो ।

नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले माघ ८ गते घर–घर दीपावली, पूजापाठ र हरेक मन्दिरमा भव्य पूजापाठ गर्न हिन्दू समाजलाई आग्रह गरेको छ ।

साथै अयोध्या श्रीराम मन्दिर उद्घाटनको पावन दिन माघ ८ गते देशभरि हिन्दू समाज, धार्मिक संघ–संस्था, विभिन्न समूहले गर्ने कार्यमा रचनात्मक भूमिका निर्वाह गर्ने समेत पार्टीका नेतागणलाई अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ