गौरमा मेयर कप २०८० हुने

समाचार

रौतहट । जिल्लाको सदरमुकाम गौरमा मेयर कप २०८० को आयोजना हुने भएको छ ।

रौतहट जिल्ला क्रिकेट संघको आयोजना तथा गौर नगरपालिकाको सहयोगमा माघ १३ गतेदेखि मेयर कपको आयोजना हुने भएको हो ।

शनिबार गौर नगरपालिकाको सभाहलमा संघले आयोजना गरेको पत्रकार सम्मेलनमा मेयर कपको टीम तथा पुरस्कारको सार्वजनिक गरिएको हो ।

नगर प्रमुख शम्भु साह कानुले क्रिकेट खिलाडीको खेलकुदको विकासका लागि नगरपालिका तयार रहेको बताएका छन् ।

नेपालमा लोकप्रिय बन्दै गएको क्रिकेट खेलको विकास तथा उत्कृस्ट खेल प्रदर्शन गर्ने खिलाडीको प्रादेश र राष्ट्र स्तरमा पुर्याउने उदेश्यले मेयर कपको आयोजना गरिएको उनले बताए ।

आगामी फाल्गुन महिनामा आयोजना हुने पालिका कपको तयारीको लागि खिलाडी चयन गर्नमा सहज हुने लक्ष्य मेयर कपको रहेको छ ।

९ वटा वडाका टीमलाई तीन समूहमा विभाजन गरि लिग खेल खेलाइने क्रिकेट संघका कोषाध्यक्ष बिक्रान्त बिक्रम नेपालले जानकारी दिएका छन् । लिगपछि सुपर आठ तथा सेमी फाइनल र फाइनल खेल हुने टाई सिट सार्बजनिक गरिएको छ ।

माघ २२ गते फाइनल हुने प्रतियोगिताको बिजेता हुने टीमलाइ २५ हजार र उपबिजेता हुने टीमलाई १५ हजार नगद पुरस्कार दिइने छ ।

प्रत्येक खेलको मैन आफ दिई मैच हुनेलाइ १५ सय, मैन अफ दि सिरिज हुनेलाई ५ हजार, बेस्ट बौलरलाइ २१ सय, बेस्ट बैट्स मैन लाइ २१ सय र बेस्ट किपरलाई २१ सय नगद पुरस्कार दिइने संघले जनाएको छ ।

पत्रकार सम्मेलनमा निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुर, क्रिकेट संघका अध्यक्ष पवन साह, उपाध्यक्ष मनोज शर्मा, निर्वाचित वडा अध्यक्ष तथा क्रिकेट टीमका कप्तानहरूको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ