श्रीराममय बन्यो वातावरण, दुल्हनझैं श्रृंगारिए मठमन्दिर

समाचार

राकेश यादव, रौतहट । भारतको अयोध्यामा हुने भगवान श्री रामको प्राण प्रतिष्ठाको अवसरमा रौतहटमा भगवान राममय वातावरण भएको छ ।

सयौं वर्षको अन्तरालपछि आयोध्यामा निर्माण भएको राम मन्दिरमा २२ जनवरी माघ ८ गते गर्भगृहमा भगवान रामको प्राण प्रतिष्ठा हुने भएकोले भारत तथा नेपालको विभिन्न ठाउँमा रहेको राम जानकी मन्दिरलाई सजाइएको र रामको संगीत गुञ्जायमान भएकोले राममय वातावरण बनेको हो ।

हिन्दू धर्मावलम्बीहरुले रौतहट लगायत बारा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सप्तरी र छिमेकी मुलुक भारतको विहार राज्यको विभिन्न ठाउँमा प्राण प्रतिष्ठाको अवसर पारेर मठ, मन्दिरलाई आकर्षक रुपमा सजाइएको छ भने ठाउँ–ठाउँ जय श्री रामको झण्डा लगाइएको कारण गाउँ शहर सुन्दर र मनमोहक देखिने गरेको छ ।

मठ मन्दिरमा राम धुन, अष्टयाम, भजन, कीर्तन आयोजना समेत गरिएको छ । सोमबार बेलुकी घर घरमा दीपावली गर्नको लागि विश्व हिन्दू परिषद् नेपालले आव्हान समेत गरेको छ ।

भगवान राम ५०० वर्षपछि आफ्नो घरमा स्थापित हुन गइरहेकोमा सनातनी धर्मावलम्बी धेरै नै हर्षित भएको स्थानीय दीपक केसरीले बताए ।

अयोध्या र नेपालबीच पारिवारिक सम्बन्ध भएकोले रामललाको प्राण प्रतिष्ठाको अवसरमा दिप जलाएर स्वागत गर्ने तयारी गरेको गौर नगरपालिका ४ निवासी ओमप्रकाश साहले बताए ।

रौतहटको गौर नगरपालिका, ईशनाथ नगरपालिकाको औरैया, परोहा नगरपालिकामा राम मन्दिरमा हुन गइरहेको प्राण प्रतिष्ठाको अवसरमा भव्य रुपमा कलश शोभा यात्रा समेत निकालिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ