महोत्तरी । अयोध्यामा भइरहेको भगवान रामको प्राण प्रतिष्ठाको अवसरमा महोत्तरी जिल्लाको मटिहानीस्थित प्रसिद्ध धार्मिक लक्ष्मीनारायण मठ मन्दिरमा भगवान राम र सीताको २५ फिटको कलात्मक मूर्ति बनाई धार्मिक विधिपूर्वक पूजा गरिएको छ ।
सो भगवान श्री राम र सीताजीको २५ फिटको कलात्मक मूर्तिको अनावरण लोसपा नेपालका केन्द्रीय अध्यक्ष एवं प्रतिनिधि सभा सदस्य महन्थ ठाकुर, श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री सरत्सिंह भण्डारी र मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा गरेका छन् ।
त्यस अवसरमा बाजागाजा, कीर्तन सहित स्वस्तिक वाचन र आरती गरिएको थियो । अहिले लक्ष्मीनारायण मठलाई दुल्हीझै बिजुली लाइट र मालाले सिँगारिएको छ ।
करिब २० वटा पलाए काठले कलात्मक राम र सीताको मूर्ति तयार गर्न १५ दिन लागेको थियो । मूर्ति हेर्न र दर्शन गर्न श्रद्धालुहरूको भिड लागेको छ ।
यसैबीच लक्ष्मीसागर पोखरीमा बिहान भगवान लक्ष्मी नारायणको विशेष आरती समेत गरिएको थियो भन्ने साँझ लक्ष्मीनारायण मठ (मन्दिर) मा महाआरती गरिने कुरा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डलले बताए ।
तपाईको प्रतिक्रिया