ईशनाथ नगरपालिकामा बृहद निःशुल्क आँखा शिविरको आयोजना

समाचार

राकेश यादव, रौतहट । जिल्लाको ईशनाथ नगरपालिकामा निःशुल्क आँखा शिविर शुरू भएको छ ।

फ्रेड हलोज फाउण्डेशनको सहयोग, राजपुर, परोहा र बौधिमाई नगरपालिकाको सहकार्य र तिलगंगा आँखा प्रतिष्ठान काठमांडू र ईशनाथ नगरपालिकाको संयुक्त आयोजनामा ११ दिवसीय निःशुल्क आँखा शिविरको शुभारम्भ भएको हो ।

जनता माध्यमिक विद्यालय औरैया र आधारभूत विद्यालय बंजरहामा मंगलबार निःशुल्क शिविरको नगर प्रमुख कौशल्या देवी र उपप्रमुख परबेज आलम संयुक्त रुपमा उद्घाटन गरेका छन् ।

आँखामा लाग्ने रोग मोतिबिन्दको परीक्षण गरी निःशुल्क ऑपरेशन गर्ने उद्देश्यले बृहद शिविरको आयोजना गरिएको ईशनाथ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भूदेव झाले जानकारी दिएका छन् ।

माघ ९ गतेदेखि सञ्चालन भएको शिविर ११ गतेसम्म ईशनाथ नगरपालिकामा तथा माघ १२ गते परोहा नगरपालिका, १३ गते बौधिमाई नगरपालिका र १४ गते राजपुर नगरपालिकामा सञ्चालन हुने कार्यक्रम रहेको छ ।

शिविरमा चेकजाँचको क्रममा पुस्टि हुने मोतिबिन्दको विरामीलाई माघ १६ गतेदेखि १८ गतेसम्म जनता माध्यमिक विद्यालय औरैयामा निःशुल्क आँपरेशन गरिने प्रमुख प्रशासकीय अधिकृत झाले जानकारी दिएका छन् ।

औरैया र बंजरहामा आयोजना गरिएको शिविरमा २०० भन्दा बढी मोतियाबिन्द भएको विरामी परिक्षण गरिएको आयोजक संस्थाले जनाएको छ ।

७०० मोतियाबिन्दको विरामीलाई आँपरेशन गरिने लक्ष्य रहेको छ । गाउँमा आँखाको परीक्षण हुने तथा आँपरेशन हुने भएकोले हर्षित भएको स्थानीयहरुले बताएका छन् । शिविरमा आँखा परीक्षण गराउनेको सहभागिता उल्लेखनीय रुपमा देखिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ