कैलाली । घोडाघोडी नगरपालिका–१० पहलमानपुर बस्ने ४० वर्षीय धन बहादुर शाहको करेन्ट लागेर बुधबार बिहान मृत्यु भएको छ ।
सोही ठाउँस्थित तुलसीपुर सामुदायिक वनमा करेन्ट लागेर गम्भीर घाइते भएका उनको घोडाघोडी अस्पताल सुखडमा उपचारको क्रममा मृत्यु भएको हो ।
साथै करेन्ट लागेर घाइते भएका अन्य १ जनाको मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ ।
तपाईको प्रतिक्रिया