आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

समाचार

सिरहा । सिरहा नगरपालिका–३ रमौलस्थित अशोक कुमार मण्डलको गोठमा विद्युत सर्ट भई आगलागी भएको छ ।

बुधबार बिहान आगलागी हुँदा गोठ पूर्ण रूपमा जलेर ६ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको हो ।

प्रहरीले स्थानीय वासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ