मिनिबस र ट्रक एकआपसमा ठोक्किँदा सहचालकको मृत्यु

समाचार

बाँके । कोहलपुर नगरपालिका–१४ पार्बतीपुरस्थित सडकमा भे.१ ख ४०३३ नम्बरको मिनिबस र ना.५ ख ८५६६ नम्बरको ट्रक एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान दुर्घटना हुँदा ट्रकका सहचालक रूपन्देही देवदह नगरपालिका–६ खैरेनी बस्ने ३५ वर्षीय राम कृष्ण गोतामेको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो ।

साथै दुर्घटनामा घाइते भएका २ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिई हाल फरार मिनिबस चालकको खोजी गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ