रूपन्देही । बुटवल उपमहानगरपालिका–६ पुरानो बसपार्क पिपलबोटस्थित सोही उपमहानगरपालिका–५ अमरपथ बस्ने राम जैसवालको जानकी गार्मेन्ट सप्लायर्समा आगलागी भएको छ ।
गएराति आगलागी हुँदा सिलाई मेसिन २० थान, रेडिमेट कपडा, काचो कपडा गरी करिब ४० लाख रूपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको हो ।
प्रहरीले स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुको साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया