गौर अस्पतालका डाक्टर सिंहले माघ १५ सम्म हाजिरी गरेको खुलासा

समाचार

रौतहट । रौतहट जिल्लाको गौरमा रहेका प्रादेशिक अस्पतालका डाक्टरले ५ दिन अगाडी सम्मको हाजिरी गरेको खुलासा भएको छ ।

मेडिकल सुप्रिटेंडेंटको विषय लिएर विवादित बनेका प्रादेशिक अस्पताल गौरका तत्कालीन मेसु डाक्टर संजीव कुमार सिंहले माघ १५ गतेसम्म हाजिरी गरेको तथ्य बाहिर आएको हो ।

प्रादेशिक अस्पताल गौरमा हाजिर भएका डाक्टर सिंहलाइ सरुवा गरी उनको ठाउँमा डाक्टर कृष्णा साहलाई प्रदेश सरकारले पठाएपछि सरुवाको विरुद्ध डाक्टर सिंहले प्रादेशिक अस्पताल, मुख्यमन्त्रीको कार्यालय समेत उपरमा गएको कार्तिक १४ गते उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगन्जमा उत्प्रेषण परमादेशको रिट दायर गरेपछि अस्पताल अहिलेसम्म प्रमुखविहीन बनेको छ ।

उच्च अदालतले निवेदक डाक्टर सिंह र विपक्षी डाक्टर कृष्णा साहलाई अर्को निर्णय नभएसम्म काम काज तथा मन्त्रालयको निर्णय कार्यान्वयन नगराउन अन्तरिम आदेश जारी गरेकोमा अहिलेसम्म आदेशलाई निरन्तरता दिइएको बखतमा गोप्य रुपमा अस्पतालमा आएका डाक्टर सिंहले हाजिरी गर्दा आउने दिन माघ १५ गतेसम्म आफ्नो हाजिरी गरेको प्रमाण हाजिरी रजिष्टरको सार्वजानिक भएपछि खुलासा भएको हो ।

मुद्दा चल्दाचल्दैको अवस्थामा पुस २६ गतेको निर्णयअनुसार बढुवा सिंहलाई प्रदेश सरकारले पूस १ गते देखि ज्येष्ठता कायम हुने गरी ११ औं तहमा नियुक्ति गरी माघ २ गतेमा मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान जनकपुरधाममा पदस्थापन गरिएको छ ।

पद स्थापन भएका सिंहले माघ १५ गतेसम्म प्रादेशिक अस्पताल गौरमा हाजिर भएको प्रमाण दिनलाई अघि नै हाजिरी गरेको छ । ३० गतेको महिना रहेको मङ्सिरमा डाक्टर सिंहले ३२ गतेसम्म हाजिरी गरेको प्रस्ट रुपमा हाजिरी रजिष्टरबाट देखिदै छ ।

मेसु विवादका कारण सेवा प्रभावित भएका गौर अस्पतालमा उपचार गराउन आउने सेवाग्राही निजी अस्पतालमा उपचार गराउन बाध्य समेत भएको अवस्थामा डाक्टर सिंहले आफ्नो निजी स्वार्थका लागि अस्पताललाई न्यायपालिकामा पुर्याएको टिप्पणी स्थानीयहरुको रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ