दाइजोको कारण महिलाको हत्या, प्रहरीले उजुरी नलिएको पीडित पक्षको आरोप

समाचार

राकेश यादव, रौतहट । जिल्लाको गौर नगरपालिका वडा नम्बर ४ गढवामा दाइजो नदिएको निहुँमा एक विवाहिता महिलाको हत्या गरिएको छ ।

बिहेमा नगद रुपैयाँ कम दिएको र सुत्ने खाट, कुर्सी लगायत को फर्निचर नदिएको भन्दै यातना दिँदै आएको ससुराल पक्षले छोरीको हत्या गरेको मृतकका आमा बुबाले आरोप लगाएका छन् ।

सामाजिक परम्पराअनुसार २०७७ साल जेष्ठ महिनामा बिबाह गरेका रौतहट जिल्लाको मौलापुर नगरपालिकाको बौधामा साबिक घर भई हाल गौर नगरपालिका ४ मा बस्दै आएका बिजुली बैठाको छोरा सुनिल बैठा आफ्नो आमासँग मिलेर २१ वर्षीया छोरी पुनम देवी बैठाको शुक्रबार घरमा हत्या गरेको मृतकको बुवा संजय बैठाले बताएका छन् ।

भारतको मोतिहारी जिल्ला रुसुलपुर घर भई हाल काठमाडौँमा व्यापार गरि बस्दै आएका बैठाले गौरमा सन्चारकर्मीसँग कुरा गर्दै दाइजोको बिषय लिएर छोरीलाई सधै कुटपिट गर्दै आएका ज्वाई सुनिल बैठा र छोरीको सासुले मिलेर हत्या गरेर घरमा झुन्ड्याएको दावी गरे ।

छोरीलाई पटक पटक लोग्ने, सासु र ससुराले दाइजो माग गर्न मानसिक, शारीरिक यातना दिने गरेकोले काठमाडौँमा प्रहरीमा उजुरी समेत दिएको उल्लेख गर्दै ससुरा बिजुली बैठाको इशारामा यस्तो घटना मृतक महिलाका आमा सीता देवीले बताए ।

मृतकको १६ महिनाको छोरा रहेको बताउँदै निजको आमाले लोग्ने र सासुले हत्या गरेर आत्म हत्याको घटना बनाउने दुष्प्रयास गरेकोले दोषी उपर कानुनी कार्यवाही गर्न माग गरे ।

सुत्ने कोठामा रहेको खाट नजिक दुवै खुट्टा भुइँमा छोएको र घाटीमा सौलले बाधिएको अवस्थामा शब बारामद भएकोले हत्या गरि झुन्ड्याएकोले छानबिन गरि कानुनी कार्यवाही हुनु पर्ने माग पीडित परिवारको रहेको छ ।

हत्यामा संलग्न रहेका लोग्ने, सासु उपरमा जाहेरी दरखास्त लिएर जिल्ला प्रहरी कार्यालयमा जाँदा जाहेरी लिन नमानेको बताउँदै मृतकका आमाले छोरीलाई न्याय पाउनु पर्ने गुहार लगाए ।

तराई–मधेशमा दाइजोको कारण प्रत्येक महिना एउटा महिलाको हत्या भई रहदा निषपक्ष रुपमा कार्यवाही नहुँदा यस्तो अवस्था आएको छ । यस्ता घटना न्यूनीकरण गर्नका लागि प्रहरीले समयमा सक्रियता देखाउन जरुरी रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ