राकेश यादव, रौतहट । प्रहरी कार्यालय रौतहटले चालू आर्थिक वर्षको ६ महिनाको कार्य प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ ।
आर्थिक २०८०/२०८१ को श्रावण महिनादेखि पौष महिनासम्ममा प्रहरीले गरेको कार्यको प्रगति विवरण सार्वजनिक गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटले २,९५,३१,३३१ दुई करोड पन्चान्बे लाख एकतीस हजार तीन सय एकतीस रुपैयाँ बराबरको भन्सार छली चोरी जनकासी÷पैठारी गरेको सवारी साधन तथा विभिन्न सामानहरु बरामद गरी भन्सार कार्यालयमा बुझाइएको छ ।
रौतहट जिल्ला अदालतको फैसला कार्यान्वयनको क्रममा २६९ जना फरार प्रतिबादी पक्राउ गरी ४४ वर्ष २ महिना १५ दिन कैद अवधिको साथै १२ लाख ४५ हजार ७ सय १२ रुपैयाँ जरिवाना असल ऊपर गरिएको कार्य प्रगति प्रतिवेदनमा उल्लेख गरिएको छ ।
नकली नोट सम्बन्धी ४ वटा मुद्दा दर्ता गर्नुको साथै ९ जना पक्राउ गरी १८ लाख ७० हजार ४ सय, ऑनलाइन स्क्याम सम्वन्धी १ वटा मुदा दर्ता ३ जना पक्राउ गरी २४ लाख ३७ हजार ६८५ रुपैया ५७ पैसा फिरौती रकम माग अभियोगमा १ वटा मुद्दा दर्ता गरी १ जना पक्राउ गरिएको छ ।
५०८ वटा अपराध मुद्दा दर्ता भएकोमा २९० मुद्दा फरछौट भएको र २१८ मा अनुसन्धान कार्य जरिरहेको र मानिस पक्राउ संख्या ३४३ रहेको उल्लेख गरिएको छ ।
कार्य प्रगति प्रतिबेदनमा कर्त्वय ज्यान सम्वन्धी ९ वटा मुद्दा दर्ता भएकोमा ४ वटा फरछौट भई ५ वटा मुद्दामा अनुसन्धान भैरहेको र ९ जना पक्राउ परेको ,महिला बालबालिका तथा जेष्ठ नागरिक सम्बन्धी ३९ वटा मुद्दा दर्ता भएकोमा २७ वटा फरछौट भई १२ वटा अनुसन्धानको क्रममा रहेको जनाएको छ ।
सवारी ज्यान सम्वन्धी २४ वटा मुद्दा दर्ता भएकोमा १८ वटा फरछौट भएको र ६ वटा अनुसन्धानको क्रममा रहेको छ । ११ वटा लागु औषध सम्वन्धी मुद्दा दर्ता भएकोमा ९ वटा फरछौट भएको २ वटा अनुसन्धानमा रहेको १५ जना पक्राउ परेको , विधुतीय कारोबार साइबर अपराध सम्वन्धी ५ वटा मुद्दा दर्ता भई ५ वटा फरछौट भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जनाएको छ ।
चोरी तथा डाका सम्वन्धी ३४ वटा मुद्दा ५० जना पक्राउ परेको र ३३ वटा फरछौट भई १ वटा मुद्दामा अनुसन्धान भैरहेको छ ।
सवारी नियम उलंघन गरेको आरोपमा १० हजार ७०१ सवारी साधनको चालक माथि कार्यवाही गरी ८५ लाख १७ हजार ५ सय रुपिया राजश्व असुली गरिएको प्रगति प्रतिबेदनमा उल्लेख गरिएको छ ।
३१२ वटा भएको सवारी दुर्घटनामा परी २६ जनाको मृत्यु हुनुको साथै ४५६ जना घाइते भएको बिवरण सार्वजनिक गरिएको छ ।
जिल्ला प्रहरी कार्यालयले २ पटक सार्वजनिक सुनवाई कार्यक्रम , ६ पटक अल्पसंख्यक संग प्रहरी कार्यक्रम ,३५७ वटा समुदाय प्रहरी कार्यक्रम अंतर्गत विभिन्न सचेतनामूलक गतिविधि तथा ९१९ वटा ट्राफिक सचेतना मूलक कार्यक्रम आयोजना गरिएको तथयक सार्वजनिक गरिएको छ ।
तपाईको प्रतिक्रिया