न्यायाधीश मरासेनीको शोकमा श्रद्धाञ्जली सभा

समाचार

राकेश यादव, रौतहट । जिल्ला अदालत गौरको आयोजनामा शोक सभा सम्पन्न भएको छ ।

रौतहट जिल्ला अदालतबाट बढुवा भएर उच्च अदालत पाटनमा गएका न्यायाधीश मातृका प्रसाद मरासेनीको मंगलबार हृदयघातको कारण भएको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्न रौतहट जिल्ला अदालत श्रदान्जली सभा आयोजना गरेको थियो ।

उच्च अदालतका न्यायाधीश स्वर्गीय मरासेनीको तस्बिरमा फुल माला अर्पण गर्दै जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यले मरासेनीको अचानक भएको निधनले सम्पूर्ण न्यायपालिका परिवार दुखित भएको बताए ।

न्याय सम्पादनको शिलशिलामा अदालतमै भएको दुखद निधनले अपुरणीय क्षति भएको बताउँदै न्यायको क्षेत्रमा पुर्याएको उनको योगदान स्मरणीय रहने उल्लेख गरे ।

अचानक भएको निधनले शोकमा डुबेका परिवारलाइ धैर्यधारण गर्ने क्षमता ईश्वरले प्रदान गरुन भन्ने जिल्ला अदालतका न्यायाधीश आचार्यले कामना गरेका छन् ।

श्रद्धाञ्जली सभामा जिल्ला न्यायाधीश तेज बहादुर खड्का, केदारनाथ पौडेल, गहेन्द्रराज पन्त, कुमार मास्के, उपसचिव उद्धव ढोड़ारी लगायत शाखा अधिकृत, सुब्बा, नायब सुब्बा, सहितका अदालतमा कार्यरत रहेका कर्मचारीहरुले श्रद्धाञ्जली अर्पण गरेको प्रशासन शाखाका नायव सुब्बा इकरामुल हकले जानकारी दिएका छन् ।

प्रतिनिधि सभा तथा प्रदेश सभाको शान्तिपूर्ण बातावरणमा निर्वाचन सम्पन्न गराउने भूमिका निर्वाह गरेका न्यायाधीश मरासेनी बढुवा भएपछि २०८० पुष २२ गते रौतहट जिल्ला अदालतबाट उच्च अदालत पाटन काठमाडौँ गएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ