खेलकुद र शिक्षाको विकासका लागि प्रतिबद्ध छौं : मण्डल

समाचार

महोत्तरी । मटिहानी नगरपालिकाका नगर प्रमुख हरिप्रसाद मंडलले खेलकुद र शिक्षाको विकासका लागि पालिका कटिबद्व रहेको कुरा बताएका छन् ।

मटिहानी नगरपालिकाको मटिहानी रंगशालामा बिहीबारदेखि सुरु भएको अन्तर बिद्यालय स्तरीय राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताको उद्घाटन गर्दै उनले खेलकुदले विद्यार्थीको आत्मबल बढाउनुको साथै देशका लागि कर्णधार युवा तयार गर्न सहयोग पुग्ने बताएका हुन् ।

नगर प्रमुख मण्डलको सभापतित्वमा सम्पन्न कार्यक्रममा वड़ा नं.२ का वड़ा अध्यक्ष मो. रयूप, लो.स.पा. नेपालको केन्द्रीय सदस्य राम कुमार मण्डल, रा.स.मा.वि. मटिहानीका प्र.अ. ईश्वरी पौडेल, राम मा.बी. मटिहानीका प्र.अ. श्रीश कुमार मिश्र लगायतका वक्ताहरुले आफ्नो मंतव्य राखे ।

दुई दिनसम्म चल्ने प्रतियोगितामा पालिकाका ५(पाँच) वटा माध्यमिक विद्यालय सहभागी रहेका छन् ।

त्यसै क्रममा बोल्दै मटिहानीस्थित श्री राम मा.वि.को कक्षा ११ मा अध्ययनरत हिना खातुनले पालिकाले प्रत्येक वर्ष आयोजना गर्दै आईरहेको यो राष्ट्रपति रनिंग शिल्ड प्रतियोगिताले हामीहरुको शारिरिक तन्दुरुस्ती र आत्मबल बढाउनुका साथै हामी सबै विद्यार्थीहरुको विचमा आपसी मेलमिलाप समेत बढदा खुशी ब्यक्त गरेका हुन् ।

प्रतियोगितामा भलीबाल, कब्बडी, दौड़, हाइ जम्प लॉन्ग जम्प गरी जम्मा २३ किसिमको खेल खेलाइने कुराको जानकारी शिक्षा शाखा प्रमुख चन्देश्वर साहले बताए ।

उक्त उद्घाटन कार्यक्रममा मटिहानी नगरपालिकाका क्रमशः वड़ा नं. २,३,६,७ र ८ का वड़ा अध्यक्षहरु, कार्यपालिका सदस्यहरु, वड़ा सदस्यहरू, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, पालिकाका सम्पूर्ण शाखा प्रमुखहरू, वड़ा सचिवहरु, विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु, सशस्त्र प्रहरी मटिहानीका प्रमुख, मटिहानी प्रहरी चौकी प्रमुख, विभिन्न विद्यालयका प्र.अ.हरू, शिक्षक शिक्षिका लगायत विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ