काठमाडौं । भारतको गोवा सरकारका पर्यटन, सूचना प्रविधि तथा मुद्रण तथा स्टेशनरी मन्त्री रोहन खौंतेले गोवामा नेपालको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटनसम्बन्धी संसदीय समितिका पदाधिकारीहरुसँग भेटवार्ता गरेका छन् ।
सो भेटमा गोवा–नेपालबीचको बृहत्तर सांस्कृतिक आदानप्रदान र पर्यटकीय प्रवाहका बारेमा छलफल भएको हो ।
गोवा पर्यटन विभागले ’गोवा बियन्ड बिच’ पहल बारे जानकारी गराएको थियो ।
प्रतिनिधिमण्डलले प्रतिष्ठित अगुआडा फोर्टको पनि भ्रमण गरेको थियो र फोर्ट परिसरमा गोवाको इतिहास, जनता र सांस्कृतिक सम्पदाको डिजिटलाइजेशनको साक्षी भएको हो ।
तपाईको प्रतिक्रिया