संसारमा लोकतन्त्र सबभन्दा राम्रो ब्यबस्था हो : महन्थ ठाकुर

समाचार

महोत्तरी । लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले संसारमा लोकतन्त्र सबभन्दा राम्रो व्यवस्था रहेको बताएका छन् ।

लोसपा मटिहानी नगर कार्य समितिद्वारा शनिबार वड़ा नं. १ सानो धिरापुरमा आयोजित एक कार्यक्रममा बोल्दै ठाकुरले देशको उन्नति आजको आवश्यकता रहेको बताएका हुन् ।

अविकसित देशको सूचीमा रहेको हाम्रो देश संघीयता आए पछि बिकसोउन्मुख देशतिर लागेकोले सबै मिलेर देशको विकास गर्न उनले सबैमा आग्रह समेत गरे ।

त्यसै क्रममा उनले प्रजातन्त्रमा प्रतिपक्षको भूमिका हुने गरेकोले संसारमा लोकतन्त्र सबभन्दा राम्रो ब्यबस्था रहेको जिकिर गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ