बाह्रबोरको एकनाले बन्दुकसहित १ जना पक्राउ

समाचार

रौतहट । चन्द्रपुर नगरपालिका–६ स्थित डाबरीबाट बाह्रबोरको एकनाले बन्दुक १ थानसहित सोही ठाउँ बस्ने ४५ वर्षीय हरी स्याङतानलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय चपुरबाट खटिएको प्रहरीले ना.५१ प ७३२५ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलको लेग–गार्डमा प्लाष्टिकको बोरामा लुकाई राखेको उक्त बन्दुक फेला पारी चालक स्याङतानलाई पक्राउ गरेको हो ।

साथै हाल फरार मोटरसाइकलमा सवार १ जनाको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ