सामाजिक सुरक्षा कोष र मटिहानी नगरपालिकाबीच सम्झौता

समाचार

महोत्तरी । सामाजिक सुरक्षा कोष काठमाडौँ र मटिहानी नगरपालिका बीच अनौपचारिक क्षेत्रका श्रमिक र स्वरोजगार ब्यक्तिको सामाजिक सुरक्षा योजना संचालनका लागि बर्दिवासमा सम्झौता भएको छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका मन्त्री शरत्सिंह भण्डारीको उपस्थितिमा मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मंडल र सामाजिक सुरक्षा कोषको तर्फबाट कार्यकारी निर्देशक कविराज अधिकारीले संयुक्त रुपमा हस्ताक्षर गरेका छन् ।

समझौतामा श्रमिक र स्वरोजगार व्यक्तिहरुलाई कोषमा आवद्ध गर्ने योजना रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ