वीरगन्ज । नेपाल जनता पार्टी पर्सा जिल्ला समितिले सामाजिक एवं धार्मिक कार्यमा अग्रणी भूमिका निर्वाह गरेका राष्ट्रिय बजरंग दल पर्सा र समाजसेवी नरेन्द्र साहलाई सम्मान गरेको छ ।
मित्रराष्ट्र भारतको उत्तर प्रदेशमा श्रीराम मन्दिर अयोध्याधाम प्राण प्रतिष्ठानको पावन दिन वीरगंजबाट अयोध्या पैदल यात्रा गर्ने राष्ट्रिय बजरंग दलका हिन्दू योद्धाहरु मुना साह, चन्दन कुमार, सौरभ पटेल, शिव बाबा, रूपक यादव, एस सराफ, कृष्णा साह सहितको टोलीले १४ दिन पैदल यात्रा गरी ८ किलोको धनुषसहित श्रीराम जन्मभूमि तीर्थ क्षेत्रका महासचिव चमपत रॉयलाई बुझाएको थियो ।
श्री गहवा माई मन्दिर संचालक समिति माईस्थानको अध्यक्ष चयन भएका नरेन्द्र साहलाई नेजपा पर्साले सम्मान गरेको हो ।
रानीसती मन्दिर बीरगंजमा नेपाल जनता पार्टी पर्सा जिल्ला समितिको अध्यक्ष अनिल कुर्मीको सभापतित्व एवम केन्द्रीय वरिष्ठ नेता हिन्दू अभियान्ता संतोषानन्द महाराजको प्रमुख आतिथ्यतामा सम्पन भएको थियो ।
कार्यक्रममा नेजपाका केन्द्रीय सदस्यहरु सुरेश साह कानू, बिनोद कुर्मी, प्रहलाद प्रसाद कलवार, पिया सिंह, युवानेता किरणमान डंगोल, बारा जिल्ला अध्यक्ष शुक्ला बाबा, मधेश प्रदेश समिति सदस्यहरु पारस दुबेदी, रामप्रसाद कुर्मी, विभा साह, मणिशंकर सिंह, पर्सा जिल्ला उपाध्यक्ष धीरज साह, महामन्त्री नवीन मिश्रा, मन्त्री आनन्द सिंह, जिल्ला सदस्यहरु सन्तोष कुशवाहा, मनोज सर्राफ, प्रमोद शर्मा, पिउस गुप्ता, दीपक कुमार सहितको सहभागिता रहेको थियो ।
विभिन्न पार्टी परित्याग गरी तीन दर्जन नेता कार्यकर्ता नेजपामा प्रवेश गरेका थिए ।
साथै बीरगंज महानगरपालिका वडा न.२ मा बिरेंद्र कुशवाहाको अध्यक्षतामा ३१ सदस्यीय वडा समिति गठन भएको छ । नेपाल जनता पार्टीले १४ स्थानीय तह, ४ संघीय निर्वाचन र ८ प्रदेश सांसद निर्वाचन क्षेत्रमा संयोजक चयन गरेको छ ।
तपाईको प्रतिक्रिया