मटिहानी नगरपालिकाले बाँड्यो विद्यालय पोशाक

समाचार

महोत्तरी । मटिहानी नगरपालिका वडा नं. १ को वडास्तरीय स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत श्री राष्ट्रिय माध्यमिक विद्यालय सिरसियामा अध्ययनरत छात्र छात्राहरुलाई विद्यालय पोशाक वितरण गरिएको छ ।

मटिहानी नगरपालिकाका नगर प्रमुख हरि प्रसाद मण्डल र वडा नं. १ का वडा अध्यक्ष शिव शंकर रायले संयुक्त रुपमा बितरण गरेका छन् ।

उक्त कार्यक्रममा १७८ छात्र र १९० छात्रा गरी जम्मा ३६८ जना छात्र छात्राहरुलाई सो विद्यालय पोशाक वितरण गरिएको कुरा विद्यालयका प्र.अ. राम श्रेष्ठ ठाकुरले बताए ।

त्यसै अवसरमा उक्त विद्यालयको कक्षा ९ मा अध्ययनरत खुशी कुमारी रायले पोशाक पाएपछि खुशी ब्यक्त गरेकी छिन् ।

उक्त पोशाक वितरण कार्यक्रममा मटिहानी नगरपालिकाका शिक्षा शाखा प्रमुख चन्देश्वर साह, शिक्षक, शिक्षिका, अभिभावक लगायत विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ