नक्कली नोटसहित एक जना पक्राउ

समाचार

बारा । जितपुरसिमरा उपमहानगरपालिका–७ जितपुर बजारबाट १ हजार दरको ६१ थान नक्कली नोटसहित एक जना पक्राउ परेका छन् ।

सर्लाही चन्द्रनगर नगरपालिका–३ बस्ने ४४ वर्षीय राम चन्द्र महत्तोलाई मंगलबार बेलुकी प्रहरीले पक्राउ गरेको हो ।

सोही ठाउँस्थित प्रभु शाह कलवारको सुर्ति किराना पसलबाट नक्कली नोटले सामान किनेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको प्रहरीले महत्तोलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ