मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

समाचार

मोरङ । ग्रामथान गाउँपालिका–२ सुखानी खोला छेउस्थित सडकमा को.२३ प ४९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

मंगलबार राति दुर्घटना हुँदा चालक कटहरी गाउँपालिका–७ बस्ने ३२ वर्षीय मनोज विश्वासको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ