बारा । सुवर्ण गाउँपालिका–२ सतगंज बोर्डरमा ना.३ ख ९९९० नम्बरको बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
कलैया उपमहानगरपालिका–८ मदरसा टोल बस्ने मुना साहकी छोरी २ वर्षीया अंतिमा कुमारी साहको बुधबार बिहान मृत्यु भएको छ ।
बसबाट ओर्ली बाटोमा हिँड्ने क्रममा बसको पछाडीको चक्काले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल कलैयामा उपचारको क्रमममा मृत्यु भएको हो ।
प्रहरीले बस चालकलाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया