१ सय २४ किलो गाँजासहित दुई जना टेम्पो चालक पक्राउ

समाचार

सुनसरी । धरान उपमहानगरपालिका–११ रिटिङ टोलबाट अवैध लागूऔषध गाँजा १ सय २४ किलोसहित २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा धरान उपमहानगरपालिका–११ रिटिङ टोल बस्ने १९ वर्षीय मौसम राई र सोही उपमहानगरपालिका–११ रेसुङ्गा चोक बस्ने २२ वर्षीय अभिशेक शेर्मा रहेका छन् ।

मौसम राईको घर अगाडि सडकमा पार्किङ गरी राखेको दुई वटा टेम्पोलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा प्रदेश १–०२–००३ ह ३७४ नम्बरको टेम्पोबाट ३६ किलो गाँजा फेला पारी टेम्पोका चालक मौसमलाई र को.१ ह ५०९८ नम्बरको टेम्पोबाट ८८ किलो गाँजा फेला पारी उक्त टेम्पोका चालक अभिशेकलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ