मोरङ । विराटनगर महानगरपालिका–५ बरगाछि चोकमा बा.प्र ३–००१ ख १४११ नम्बरको ट्रकले को.३६ प २८८९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।
आइतबार बिहान ठक्कर दिँदा मोटरसाइकल चालक सुनसरी दुहबी नगरपालिका–९ बस्ने २५ वर्षीय नगेन चौधरीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको कोशी अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो ।
सोही विषयलाई लिएर स्थानीय बासिन्दाले ट्रकमा आगजानी गर्दा ट्रकको अगाडिको भाग जलेर क्षति भएको छ ।
साथै घाइते भएका ट्रक चालकलाई उपचारको लागि बिराट नर्सिङ होमतर्फ पठाइएको छ भने आगजनीमा संलग्न ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया