राकेश यादव । नेकपा एमाले रौतहटको १०औं जिल्ला अधिवेशन सोमवार सम्पन्न भएको छ ।
रौतहट जिल्लाको गरुडामा सम्पन्न भएको जिल्ला अधिबेशनबाट जिल्ला अध्यक्षमा सच्चिदानन्द साह बिजयी भएका छन् ।
प्रतिद्वन्दी अध्यक्ष पदका उम्मेद्वार अखिलेश्वर चौधरीलाई १८ मतले पराजित गर्दै साह विजयी भएका हुन् । दुई दिनसम्म सहमतिको प्रयास गरिदा पनि सहमति नहुँदा सोमबार भएको निर्वाचनमा साहको पक्षमा १९३ मत खसेको थियो भने प्रतिपक्षी उम्मेदवार रहेका चौधरीको पक्षमा १७५ मत परेको निर्वाचन अधिकृतले जनाएको छ ।
अधिबेशनबाट जिल्ला उपाध्यक्षमा १३९ मत ल्याएर रुपेश कुमार पटेल निर्वाचित भएका छन् । प्रतिपक्षका उम्मेदवार रहेका मणिलाल सहनी ४४, सुरेश राय यादव ९०, उपेन्द्र यादव ३१, चन्दन कुशवाहा ३७ र राम आशीष साह तेलीलाई १२ मत परेको हो ।
सचिवमा शिव आचार्यलाई पराजित गर्दै बाबूराम दहाल निर्वाचित भएका छन् । दहालको पक्षमा २०२ मत परेका छन् भने आचार्यलाई १४७ मत परेको छ ।
५ जना उम्मेदवार भएका उपसचिव पदमा १२९ मत ल्याएर अबधेश कुमार यादव विजयी भएका छन् ।
प्रतिद्वन्द्वी उम्मेदवार अशोक पहाडीलाई ७५, फैजल अहमद ६८, कमलेश कुमार मिश्रा ३७ र सोबिन्द्र चौधरी ३३ मत पाएका छन् ।
उपसचिव महिलामा मुना लामिछाने निर्विरोध भएकी छन् । त्यस्तै लेखा आयोगका अध्यक्षमा पवन पटेल, उपाध्यक्षमा रमेश तिमिल्सिना निर्विरोध भएका थिए ।
तपाईको प्रतिक्रिया