बारा । जितपुरसिमरा उपमहानगरपालिका–२१ बाट अवैध लागूऔषध चरेश करिब ३५ किलोसहित २ जनालाई बुधबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा भारत उत्तर प्रदेश बरेध दिपाद कोतवाली बस्ने ४२ वर्षीय साफिर अली र सोही ठाउँ बस्ने ४४ वर्षीय मोहमद अबजाल रहेका छन् ।
ईलाका प्रहरी कार्यालय अम्लेखगंजबाट खटिएको प्रहरीले हेटौंडाबाट वीरगंजतर्फ जाँदै गरेको यूपी ३२ एनएम ४४७६ नम्बरको कारलाई जाँच गर्ने क्रममा कारमा लुकाई राखेको उक्त चरेश फेला पारी कार चालक साफिर र कारमा सवार मोहमदलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया