कपिलवस्तुमा बस दुर्घटना हुँदा १० जनाको मृत्यु

समाचार

कपिलवस्तु । शिवराज नगरपालिका–१ सुरई नाकास्थित सडकमा महेन्द्रनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बस दुर्घटना हुँदा १० जनाको मृत्यु भएको छ ।

सु.प.प्र.–०२–००१ ख००९८ नम्बरको बस सडकबाट अन्दाजी १ सय मिटर तल खोलामा खसेर बिहीबार बिहान दुर्घटना हुँदा बसमा सवार १० जनाको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूकको आधारभूत स्वास्थ सेवा अस्पताल चन्द्रौटामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

साथै दुर्घटनामा घाइते भएका बसमा सवार ३० जनामध्ये ११ जनाको चौराहा अस्पताल बुटवलमा र ८ जनाको सन्जिवनी अस्पताल चन्द्रौटामा उपचार भइरहेको छ भने ११ जना उपचार पश्चात डिश्चार्ज भएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ