इमरान खान, कपिलवस्तु । कपिलवस्तु नगरपालिका–९ मा एक ४ वर्षीया बालिका बलात्कृत भएकी छिन् । उनलाई छिमेककै १४ वर्षीय बालकले बलत्कार गरेको हो ।
शुक्रबार साँझ ६ बजेतिर घटना भएको ईलाका प्रहरी कार्यालय पिपराले जनाएको छ । घटनाबारे जानकारी गराएपछि प्रहरीले घटनामा संलग्न बालकलाई नियन्त्रणमा लिएको छ ।
ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक गोपाल रायमाझीले बलात्कारको आरोपमा एक जना बालकलाई नियन्त्रणमा लिएको बताए । ओरोपी बालक नाबालक रहेकोले उनको नाम भने सार्वजनिक गर्न नमिल्ने बताए ।
पीडीत बालिकाको स्वास्थ्य परीक्षण गर्दा पोजेटिभ देखिएको पीडित बालिकाका अभिभावकले बताए । घटनामा संलग्न बालक विरुद्ध अभिभावकले शनिबार किटानी जोहेरी दिएका छन् ।
तपाईको प्रतिक्रिया