बाल्टीको पानीमा डुबेर बालिकाको मृत्यु

समाचार

कैलाली । बाल्टीको पानीमा डुबेर एक बालिकाको मृत्यु भएको छ ।

टीकापुर नगरपालिका–१ शान्तिनगर बस्ने सृजना चौधरीको छोरी १ वर्षीया आरोही चौधरीको घरको नल्का नजिकै भरिएको बाल्टीको पानीमा डुबेर शनिबार दिउँसो मृत्यु भएको हो ।

सोही नगरपालिका–१ चमेलीपुर मामा घर आएकी अवस्थामा खेल्ने क्रममा डुबेर अशक्त भएकी उनको टीकापुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ