अबको समय विकास र समृद्धिको : ओली

समाचार

कैलाली । पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अबको समय विकास, समृद्धिको भएको बताएका छन् ।

कैलालीस्थित बर्दगोरिया गाउँपालिका कार्यालयको नवनिर्मित प्रशासनिक भवनको उद्घाटन गर्दै अध्यक्ष ओलीले यस्तो कुरा बताएका हुन् ।

उनले मुलुकले पूर्वाधार विकासका क्षेत्रमा फड्को मारेकाले अबको समय विकास र समृद्धिको भएको बताएका छन् ।

जनप्रतिनिधिहरू विकासका नेता बन्न सक्नुपर्ने बताउँदै उनले सरकारी सेवा प्रवाह छिटो छरितो, सहज र प्रविधिमैत्री बनाउनुपर्नेमा जोड दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ