वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु

समाचार

वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।

फागुन ३ गते बिहीवार रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको मोतिपुरमा दुई पक्ष बीच विवाद र झडप भएको विषयलाई लिएर सोमबार वीरगन्जमा भएको विरोध जुलुसको क्रममा विवाद र स्थिति उत्पन्न भई सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम शान्ति भंग हुन जाने स्थिति देखिएकोले वीरगञ्ज महानगरपालिका क्षेत्रको सीमा क्षेत्र भित्र प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले कर्फ्यू आदेश जारी गरेका हुन ।

प्रमुख जिल्ला अधिकारीबाट जारी कर्फ्यु आदेशमा कसैले आवत जावत गर्न, भेला हुन, बाहिर हिडडुल गर्न, जुलुश प्रदर्शन गर्न, घेराउ रÞ्याली गर्न एवम् अन्य कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नपाउने गरी फागुन ७ गते बेलुका ५ बजे देखि अर्को आदेश नभए सम्मको लागि स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६क, बमोजिम कर्फ्यू आदेश जारी गरिएको उल्लेख छ ।

वीरगञ्ज महानगरपालिका सीमा क्षेत्र पूर्वमा नगवा चौक (बारा जिल्ला सिमाना), पश्चिममा – तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा – मित्तेरीपुल (भन्सार क्षेत्र)कर्फ्यू आदेश जारी भएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ